
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १९ जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हेर्नुस घाईतेहरुको नामवली

कमेन्ट गर्नुस्

