Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तिनाउमा शोक बिदा, दुर्घटनामा मृत्यु भएकाको परिवारलाई जनही ३५ हजार
    प्रमुख समाचार

    तिनाउमा शोक बिदा, दुर्घटनामा मृत्यु भएकाको परिवारलाई जनही ३५ हजार

    adminadmin२०८० फाल्गुन २, बुधबार १५:१८ गते
    advertisement
    advertisement
    advertisement

    पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउकै रहेका छन्। एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ। तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार आज बसेको गाउँ कार्यपालिकाको ४६ औँ बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका शिक्षा, स्वास्थ्य, सरकारी संघसंस्था तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णयअनुसार बिदा दिइएको छ।

    मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही रु ३५ हजार रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ। बैठकले दुर्घटनाले गाउँपालिकाभित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाका संवेदनशील क्षेत्रमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाइ आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको छ।

    दुर्घटनामा तिनाउ–६ मस्याम बस्ने ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ बस्ने ३९ वर्षीय रामबहादुर अस्लामी, सोही ठाउँकै ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मीला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकै ६० वर्षीया चुना रणपाल मृत्यु भएको छ।

    तिनाउ–२ खुर्साने बस्ने २० वर्षीया गिता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहा बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ बस्ने २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

    प्रहरी निरिक्षक श्रेष्ठका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जिल्लाको तिनाउ–६ मस्यामस्थित इकोफम हाउस नजिकैभित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ करिव ५ बजेको समयमा दुर्घटना भएको हो।

    आफैं अनियन्त्रित भएर जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ। चालक तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेकाले, उकालो, कच्ची बाटोमा जीप दुर्घटना भएको छ। ग्रामीण भेगमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना हुने गरेका छन्।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    तिनाउ गाउँपालिका दुर्घटना
    admin
    • Website

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.