

भैरहवा । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ ५ हजार मानिसलाई एकै ठाउँमा एकैपटक त्यो पनि सातदिने चक्रविज्ञानमार्फत ध्यान गराउने यो विषय यतिबेला चर्चामा छ।
सुख, शान्ति र समृद्धि नारा लिएर जीवन विज्ञान नामक संस्थाले विविध कार्य र कोर्ष गराए पनि एकैपटक ५ हजारलाई यसरी ध्यान सिकाउन लागेको भने पहिलो हो। जसले विश्वमा पृथक इतिहास रच्नेछ भने गिनिज बुक अफ द वर्ल्ड रेकर्डस् काम गर्ने देखिएको छ।
Advertisement

Advertisement
Advertisement
आगामी चैत १७ देखि २३ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा सात दिने उक्त चक्रविज्ञान सञ्चालन हुने संयोजक निर्मला केसीले जानकारी दिइन्। उनका अनुसार सहभागी हुन चाहनेले खल्ती एपमार्फत आवश्यक सूचना राखेर रजिस्टर हुन सक्नेछन्। मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए।
उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन्।’ क्रविज्ञान लिने कर्मचारी वा राजनीतिक नेता नेतृत्वमा पुग्छ भने देशले सही गन्तव्य समात्ने उनको दाबी थियो।
उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’ मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान् गौतम बुद्धले देखाएको बाटो लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुन लागेको बताए।





