
भैरहवा : यातायात व्यवस्था सेवा कार्यालय भैरहवा, रुपन्देहीबाट प्रदान गरिदै आएको आर.टी.ओ (पटके शाखा) सेवा सिद्धार्थनगर–१, बेलहियास्थित भैरहवा भन्सार कार्यालय परिसरबाट सञ्चालन भएको छ । पटके शाखाको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतबाट आएका सेवाग्राही धु्रव सिंहलाई सवारीसाधनका लागि पटके बाटो इजाजतपत्र (पटके पास) दिदै उक्त शाखाको उद्घाटन गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले कहिलेकाही साधारण कुराले असाधारण अर्थ राख्ने बताए । उनले पटके काट्न केही टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै भन्सार परिसरमा सुरु भएको शाखाले पर्यटकलाई सहजता प्रदान गर्ने बताए ।
उनले भने, ‘आज यो शाखा शुभारम्भ गरिएको छ, नेपाली नम्बर प्लेटका सवारीसाधनका लागि पट्के काट्न टाढा भयो भन्ने जुन कुरा छ । यसमा पनि हामी लाग्छौं ।’
पट्के सेवामा बस्ने कर्मचारीको विशेष महत्व रहेकाले गुनासो नआउने गरी काम गर्न उनले निर्देशन दिए ।
यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका प्रमुख ईश्वरचन्द्र अर्यालले पटके सेवाले प्रदेशको राजस्वमा केही वृद्धि हुने विश्वास व्यक्त गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पर्यटकलाई कसरी सेवासुविधा दिन सकिन्छ भन्ने दृष्टिकोणबाट प्रमुख जिल्ला अधिकारीको अग्रसरताबाट पटके शाखा सञ्चालनमा आएको बताए ।

