
भैरहवा : नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) प्रहरीले सरकारी लिखत, छाप किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १४ गंगाबस्ती स्थितमा तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्ने शिव नारायण सिंह रहेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार गोप्य सूचनाका आधारमा सिंहको कोठामा खानतलासी गर्दा शिवनारायण सिंहकै मृत्यु दर्ता प्रमाणपत्र भेटिएको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलील सिंहको शरिर तथा घरकोठा तलासी गर्दा उनि बस्दै आएको घरको कोठाबाट शिवनारायण सिंहले निज स्वयमको मृत्यु प्रमाणीत कागज पाना १, रोहिणी गाउँपालिका ४ नम्बर वडा कार्यालय छिपागढ रुपन्देहीको रवर स्ट्याम्प (छाप) थान १, वडाध्यक्षको रवर स्ट्याम्प (छाप) थान १, र मिति २०६९ माघ ०५ गतेको शिव नारायण सिंहको नामको सदगद पुर्जी समेतको फोटोकपी समेत फेला परेको प्रहरी निरिक्षक पन्थीले जानकारी दिए ।
साथै १६०२९ नं. को जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शिवनारायण सिंहको नामको नागरिकताको फोटोकपी समेत फेला परेको उनले बताए । पक्राउ परेका शिवनारायण सिंहलाई ईलाका प्रहरी कार्यालय बर्दघाट मार्फत नवलपरासी जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

