
काठमाण्डौँ : नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।
राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। गणेशप्रसाद तिमिल्सिना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डर अनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ।
फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ।
राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ।

