
काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्ध विच्छेद भएको छ । काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।
ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिए बमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’
२०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

