
काठमाडौँ, २७ चैत। नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएलग्त्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरुद्ध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेस सचेतक सुशिला थिङले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संग्लनताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै बैठक अवरुद्ध गरेका छन् । बैठक अवरुद्ध भएसँगै १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

