


भैरहवा, २७ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका विभिन्न प्रहरी ईकाईहरुले भन्सार छलेर भित्राइएको कुखुरा र कपडा बरामद गरेको छ । तस्करीमा प्रयोग भएको मोटरसाइकलको मूल्य सहित साढे तीन लाख बराबरको साम्रगीहरु विभिन्न प्रहरी ईकाइहरुले बरामद गरेको रुपन्देहीका एसपी रंजित सिंह राठौरले जानकारी दिए ।
प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले भन्सार छलेर मोटरसाइकलमा भित्राइएको ५७ हजार बढी मूल्य बराबरको कुखुरा रोहिणी गापाको कोटिहवाबाट नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी बिट बसपार्क भैरहवाको टोलीले भैरहवा बसपार्कबाट वेवारिसे अवस्थामा एक लाख पचास हजार मूल्य बराबरको ६७ थान कुर्ता, सुरुवाल, एक हजार सात सय नब्बे थान मोजा बरामद गरेको रुपन्देहीका डिएसपी मनोहर प्रसाद भट्टले बताए ।

त्यस्तै अस्थाई प्रहरी पोष्ट लखनचोकको प्रहरी टोलीले भन्सार छलेर भित्राइएको साठ्ठी हजार रुपैयाँ बराबर ८५ थान कुर्ता सुरुवाल र १७ थान साडी बरामद गरेको र ती सबै साम्रगी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्यारेन्टाईन चेक पोष्ट् कार्यालयमा बुझाइएको उनले बताए ।

