
भैरहवा, २ चैत । बलिउड अभिनेता सलमान खानको घरमा गोली प्रहार भएको छ । आइतबार बिहान अभिनेता खानको मुम्बईको ब्रन्दा स्थित ग्यालेक्सी अपार्टमेन्टमा करिब ५ बजे मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले घरमा गोली प्रहार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रहरीका अनुसार गोली उनको घरको भित्तामा लागेको छ भने कुनै मानवीय क्षति भएको छैन । घटना भएलग्त्तै अभिनेता खानको घरमा सुरक्षा बढाइएको छ र मुम्बई क्राइम ब्रान्च सहितको फोरेन्सिक टोलीले अनुसन्धान सुरु गरेको छ ।
Advertisement

Advertisement
Advertisement


अभिनेता खानलाई यस अघि लरेन्स बिश्नोईको समूहले ज्यान मार्ने धम्की दिइएपछि उनको सुरक्षा बढाइएको थियो । यस घटनामा पनि मुम्बई क्राइम ब्रान्चले लरेन्स समूहमाथी आंशका गरेको छ ।भारतीय संचारमाध्यमको सहयोगमा

