
भैरहवा, ११ बैशाख। रुपन्देहीको भैरहवाबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौंतर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ना ४ ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगो लागेको बताईएको छ ।ट्रकका चालक सुशील विकका अनुसार केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने सक्छ ।
Advertisement

Advertisement
Advertisement

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।
कमेन्ट गर्नुस्

