Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » वडा नम्बर ३ ले उचाल्यो मेयर कपको उपाधी
    खेलकुद

    वडा नम्बर ३ ले उचाल्यो मेयर कपको उपाधी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ बैशाख १६, आईतवार १८:१६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १६ बैशाख । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचाल्न सफल भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथी ६ विकेटको जित निकाल्दै वडा नम्बर तीनले उपाधी उचाल्न सफल भएको हो ।

    आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए ।फाइनल खेलमा पुगेर जित हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित मेयर कप, मेडल र प्रमाणपत्र र उपविजेता बनेको वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँ नगदसहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवा स्थित सिद्धार्थ रंगशालामा बैशाख १३ गते देखि सुरु भई १६ गते भएको फाइनल खेलमा वडा नम्बर ३ ले टस जितेर ब्याटिङ निम्तो दिएर वडा नम्बर १ लाई ११.२ ओभर अल आउट गर्दै ११२ रनमा समेट्न सफल भयो । वडा नम्बर १ का लागि २१ बलमा ४ छक्का र दुई चौकाको मद्दतले ४२ रन, मनिष थापाले २२ रन, कन्हैया यादवले नट आउट १७ रन, मोहम्मद नसिम खानले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ३ का समिर मुसलमानले तीन, अर्जुज चौहान र अरमान मुसलमानले समान २–२, रमेश कुर्मी र मैनिउद्दिन शेषले समान १–१ विकेट लिए ।

    लक्ष्यलाई पछ्याउँदै वडा नम्बर ३ ले निर्धारति १२ ओभरअघि नै ४ विकेटको क्षतिमा ११३ रन बनाउँदै लक्ष्य पुरा गर्दै मेयरको कपको उपाधी उचाल्न सफल भयो । उसको जितका लागि विजय सुनारले ४१, नट आउट आनन्द गौडले ३४ रन र मैनिउद्दिन शेषले १९ रनको योगदान दिए । बलिङमा वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ३ का समिर मुसलमान म्यान अफ द म्याच घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा वडा नम्बर ६ का प्रवेश आलम म्यान अफ द सिरिज भई ५ हजारनगद सहित ट्रफी र प्रमाण पत्र पाए । वडा नम्बरका ३ का आनन्द गुरुङ उत्कृष्ट ब्याटर हुँदा वडा नम्बर ११ का जुबेर आलम उत्कृष्ट बलर बने । दुवैजनाले जनही दुई हजार दुई सय पचास रुपैयाँका दरले नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

    विजेता र उपविजेताका साथै अन्य खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडाअध्यक्षहरुले पुरस्कार प्रदान गरेका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले नगरवासीहरुमा लुकेका प्रतिभा प्रष्टफुटन गर्न र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले अगामी दिनमा खेलाडीहरुको चाहनालाई मध्यनजर गर्दै डे–नाइट क्रिकेट प्रतियोगिता आयोजनाका लागि छलफल गरिने बताए । उपप्रमुख उमा अधिकारीले प्रतियोगिताको माध्यमले मैदानमा आउने नयाँ खेलाडी क्रिकेट एसोसिएसन अफ रुपन्देही (कार) र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आँखामा पर्न सक्ने बताइन्

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तै किसिमको प्रतियोगिताको माध्यमले नयाँ खेलाडी मैदान देखिने र क्रमशः उकिल्दै विश्वस्तरमा खेल्न भएकोले अगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै लगिने र प्रतियोगितामा हार जितभन्दा सबै खेलाडी बधाईको पात्र रहेको बताए । कार्यक्रममा प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तव, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ९ का शेषकान्त भण्डारी, क्यान केन्द्रिय सचिव प्रशान्त विक्रम मल्ल लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मेयर कप सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.