Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नाकामै रुपन्देही ट्राफिकद्धारा ‘सम्झाई–बुझाई’ अभियान
    मेन स्टोरी

    नाकामै रुपन्देही ट्राफिकद्धारा ‘सम्झाई–बुझाई’ अभियान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ बैशाख ३०, आईतवार १४:१७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३० बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी चालकहरुलाई लक्षित गरी सीमानाकामा सम्झाई बुझाई अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।

    भारतबाट मालवाहक गाडी लिएर आएका सवारी चालकहरुलाई भैरहवा भन्सार कार्यालयको परिसर भित्र सम्झाई बुझाई गरी अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । अभियान एक हप्तासम्म संचालन हुनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अभियानका क्रममा भारतीय सवारी चालकहरुलाई लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराउने गरिएको छ । ‘भारतबाट मालवाहक गाडी लिएर आएका धेरै सवारी चालकहरुलाई यहाँको ट्राफिक नियमबारे जानकारी हुदैन, केहीलाई जानकारी भएपनि नियमको उल्लंघन गरेको पाइन्छ’ प्रहरी निरीक्षक विष्टले भने, ‘अभियानले सवारी दुर्घटना न्युनिकरण र नियम उल्लंघन नहुनेमा विश्वास लिएका छौँ ।’

    दुई दिनमा भारतीय नम्बर प्लेटका करिब दुई सय सानाठुला सवारीका चालक–सहचालकलाई ट्राफिक नियमबारे सम्झाईबुझाई गरिएको छ । एक हप्तामा एक हजार बढी चालक–सहचालक यो अभियानमा जोडिने ट्राफिकको अपेक्षा छ ।

    ट्राफिकले भारतीय सवारी लक्षित अभियान थालेकाले धेरै सवारी चालक पनि खुशी छन् । नेपालको नियम, कानून बुझ्न र सिक्न पाउँदा आगामी दिनमा गन्तव्यमा पुग्ने क्रममा सहजता हुने भारतीय सवारी चालकको भनाई छ । ‘कहिलेकाँकी नियम नबुझ्दा पनि भारतीय सवारीहरुले नेपालमा आएका दुःख पाउने गरेका छन्, यसैले विशुद्ध भारतीय सवारी लक्षित अभियान थालिएको हो’, विष्टले भने ।

    पछिल्लो समय ट्राफिकले दुर्घटना न्युनीकरण र लेनअनुशासन तथा सचेतना अभिबृद्धिका कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । राडर गनमार्फत सवारीको गति मापन, क्याम्पस, विद्यालय, सामाजिक संघसंस्था, चालक, सहचालकलाई सचेतना र ट्राफिक नियमबारे अभिमुखीकरण लगायतका कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ट्राफिक प्रहरी नेपाल प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.