
भैरहवा, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुस सहित रंगेहात नियन्त्रणमा लिएको छ ।
जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ घुुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात गुप्तालाई नियन्त्रणमा लिएको स्रोतले बतायो । अख्तियारले उनलाई कार्यालय बाहिर नजिकको एक होटलबाट घुस सहित पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘कार्यालयको कर्मचारी घुस सहित नियन्त्रणमा लिएको विषय आधिकारीक रुपमा जानकारी आएको छैन’ नापी कार्यालय चन्द्रौटाका प्रमुख गोविन्दराज जोशीले भने, कार्यालयमा छु, अख्तियारको टोलीले मलाई बाहिर बोलाएका छन्, जाँदैछु ।’

