Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » एमाले रुपन्देहीको अध्यक्षमा गैरे निर्वाचित (सूची सहित)
    प्रमुख समाचार

    एमाले रुपन्देहीको अध्यक्षमा गैरे निर्वाचित (सूची सहित)

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ जेष्ठ २५, शुक्रबार २०:२७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ जेठ । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

    उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्र बहादुर कार्की, उपसचिव (महिला) मा सुनिता ठठेर र उपसचिव (खुल्ला) मा बाबुराम पन्थी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढ्ने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई नम्बर वान पार्टी बनाउने, कार्यकर्ताहरुलाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने प्रतिवद्धता जनाएका छन् ।

    को हुन् अध्यक्षमा निर्वाचित गैरे ?

    वि.स. २०३० सालमा गुल्मीको तत्कालिन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका- ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झरेका हुन् । ०४३ सालमा अनेरास्ववियु एकता पाँचौको सदस्यता लिएका उनले अनेरास्वयिुको केन्द्रिय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू सभापति भइ स्ववियू काउन्सीलको केन्द्रिय कोषाध्यक्ष भइ विद्यार्थी फाटमा काम गरेका थिए । 

    ०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुदैँ नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिवको जिम्मेवारी बहन गरेका थिए । हाल उनले पार्टीको १० औ जिल्ला अधिवेशनबाट रुपन्देही अध्यक्षमा सर्वसम्मत भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष गैरे यस अघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत सफलतापूर्वक नेतृत्व सम्हालिसकेका छन् ।

    किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहेका छन् । तिलोत्तमा नगरपालिका- ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नेछन् ।

    को-को भए निर्वाचित ? हेर्नुहोस् सूची

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एमाले रुपन्देही नेकपा एमाले
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.