
भैरहवा, २५ जेठ । भारतको प्रधानमन्त्रीमा पुनः नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले एनडीएका संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
एनडीए गठबन्धनको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । शुक्रवार साँझ मोदीले राष्ट्रपति द्रौपदी मुर्मू समक्ष सरकार गठनका लागि दावी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
Advertisement

Advertisement
Advertisement

आइतबार साँझ ६ बजे मोदीले शपथ लिने बताइएको छ । यससँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्दैछन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आतिथ्य ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।

