
सुर्खेत, २६ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शनिबार बिरेन्द्रनगर सुर्खेतमा शिष्टचार भेटघाट भएको छ ।
दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्याउने बिश्वास व्यक्त गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेकोमा जोड दिए ।

