
राप्ती, २७ जेठ । भूमे पर्वको अवसरमा मगर समुदायले सार्वजनिक विदाको माग गरेका छन् । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक विदाका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरालाई माग पत्र बुझाएका छन् ।
मुख्यमन्त्री महराले माग प्रति आफू सकारात्मक रहेको र सार्वजनिक विदाका लागि पहल गर्ने बताए । मुख्यमन्त्रीलाई बुझाइएको मागपत्र अनुसार असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

रोल्पा र रुकुममा विगतका वर्ष देखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक विदा दिने प्रचलन रहेकोले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि विदा दिनुपर्ने समितिको माग छ । आफ्नै कला, पहिचान, रहन–सहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रुपमा मगर समुदायले मनाउने गरेका छन् ।

