
भैरहवा, ३१ जेठ । नेपाल प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा तथा पदस्थापन गरेको छ । बिहिवार प्रधान कार्यालयले डिएसपीबाट एसपी बढुवा भएका चार एसपीहरुको पदस्पथापनसहित सात एसपीहरुको सरुवा गरेको हो ।
कार्यालयका अनुसार पश्चिम नवलपरासीमा रहेका एसपी काजी कुमार आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामाबाट एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । मानव बेचविखन अनुसन्धान शाखामा एसपी एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय कार्य परिचलन शाखामा कार्यरत थिए ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखाबाट एसपी प्रदीपबहादुर क्षेत्रीलाई कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा गरिएको छ । मधेश प्रदेश प्रहरी गण जनकपुरमा रहेका एसपी हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाइएको छ ।
नेपाल प्रहरी विद्यालय, साँगामा कार्यरत एसपी नारायण रञ्जितकारलाई मधेश प्रदेश प्रहरी गणमामा सरुवा गरिएको छ भने राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसपी अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ ।
हेर्नुहोस सूची, कसको सरुवा कहाँ ?



