
भैरहवा, ७ असार । रुपन्देहीको भैरहवामा सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर संचालनमा आएको छ । सेन्टरले भित्रिएका अत्याधिुनिक प्रविधि (उपकरण) को माध्यमले गर्भावस्थामै शिशुको अनुहार हेर्न मिल्ने जनाएको छ ।
करिव ६० लाख रूपैयाँको लागतमा सेन्टरले स्याम सुङ एच एस ७० ए, हाइ एण्ड मेसिन ल्याए सँगै काठमाडौं बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको उपकरण भैरहवा आएको हो । उक्त प्रविधिले फ्याटी लिभर (इलास्ट्रो ग्राफी) फाईब्रो स्क्यान, बाएप्सीको जाँच समेत गर्ने छ । रङगीन तथा भिडियो एक्सरे, २ डि देखी ४ डि सम्म टिभीयस, ट्रस, कलेजो समेत जाँच गर्न सकिने छ । त्यस्तै मासुको टुक्राको जाँच अन्य सुविधाहरु जस्तै पेट, जोर्नी, भिडियो एक्सरे, स्तन, पत्थरी समेत जाँच गरीने डा. त्रीलोचन पन्थीले बताए ।
Advertisement

Advertisement
Advertisement

कुनै पनि उमेर समूहका बिरामीले सहज रूपमा उपचारको लागि आउन सक्ने उनले बताए । भिम अस्पताल नजिकै रहेको सिटिजन्स बैक भएको भवन संचालनमा आएको सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर बिहान ६ बजे देखी साझ ९ बजे निरन्तर सेवा दिने संचालकले बताए । सुपथ मूल्यमा विरामीहरूलाई सुविधा दिने संचालकको भनाई छ । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेका डा.पन्थीले भारतको एम्स कलेजबाट रेडियो डायग्नोसीस एण्ड इन्ट्रोभेन्सन सम्बन्धमा एम.डि. समेत गरेका छन्।

