
भैरहवा, ७ असार । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार २२ गते हुने भएको छ । महासंघले सार्वजनिक गरेको तालिका अनुसार असार ७ गते राति साढे ८ बजे मतदाता नामावली प्रकाशन, नामवली प्रकाशनपछि असार १० गते बिहान १० बजेसम्म नामवलीमाथी दावी विरोध गर्न सकिनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, उम्मेदवारमाथी दाबी विरोधका लागि असार १३ गते साँझ ६ बजेदेखि १५ गते बिहान १० बजेसम्मको समय निर्धारण गरिएको महासंघको निर्वाचन समितिले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

असार १५ गतेको बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्नेछन् भने सोही दिनको २ बजे मतदाताको अन्तिम नामवली प्रकाशन हुने बताइएको छ । त्यसपश्चात असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान र मतदात सम्पन्न भएपश्चात मतगणनाको कार्यतालिका रहेको छ ।


