
भैरहवा, ९ असार । मुलुकभर सोमबार मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका साथै कोशी, बागमतीका केही स्थानहरुमा र मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार राति पनि मुलुकभर आंशिकदेखि साधारणतया बदली रहने बताइएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
Advertisement

Advertisement
Advertisement


