


भैरहवा, १० असार । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले भूमिगत जल (डीप ट्युबेल, बोरिङ) लगायतका माध्यमले पानीको प्रयोग नगर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । जारी गरिएको सूचनामा बिहिबार देखि डीप ट्युबेल, बोरिङको प्रयोग नगर्न उल्लेख गरिएको छ ।
खडेरीका कारण खानेपानीको समस्या भएपछि सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्नका लागि पालिकावासीमा आग्रह गर्ने निर्णय भएकोले सोही अनुसार सूचना जारी गरी अनुरोध गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विधाप्रसाद यादवले बताए ।

हेर्नुस सूचना


