
भैरहवा, १२ असार । रौतहटमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकहरुलाई धमाधम कारवाही थालिएको छ । पछिल्लो समयमा रौतहटका सडकमा चालकहरुले सवारी नियम उल्लंघन गरेर सवारी साधन चलाउन थालेपछि प्रहरीले पनि कारवाहीको ‘स्पिड’ बढाएको छ ।
पछिल्लो हप्ता बढी दिनमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चार सय तीन चालकहरुलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना अधिकारी एवं डिएसपी एलिजा गिरीले बताइन् । उनका अनुसार जसबाट तीन लाख सन्तान्नब्बे हजार रुपैयाँ राजस्व समेत संकलन भएको छ ।
Advertisement

Advertisement
Advertisement

असार १ गते देखि असार १० गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीद्धारा चेकजाँचको क्रममा उक्त सवारी चालकहरुलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

