
भैरहवा, १३ असार । आफ्नो स्वर्गीय वुवाको सम्झनामा एक विधार्थीले खेलकुद सामग्री वितरण गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले स्वर्गीय बुवा खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।
उनले विद्याश्रमलाई एक थान ब्याट, एक थान फुटबल, चेस सेट, लुडो, क्रिकेट बल लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै आफुले संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री प्रदान गरेको उनले बताए ।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘मैले दिएका सामग्री प्रयाप्त नहुन सक्छ । तर, यसले खेलकुद गतिविधिलाई अघि बढाउन केही भए पनि सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’ आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई छ ।

