
झापा, १३ असार । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बिहिवार बिहान झापाको मेचीनगर नगरपालिका ३ धरधरे टोल स्थित खोला छेउमा भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा जिल्ला डिभिजन वन कार्यालय र मेची सव-डिभिजन कार्यालय धाईजनले अनुसन्धान थालेका छन् । हात्तीको पोस्टमार्टम तथा अनुसन्धानका लागि कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञको टोली समेत आउन लागेको झापा प्रहरीका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

