
भैरहवा, १४ असार । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ९ मा सिद्धार्थ टोल सुधार समिति गठन भएको छ । उक्त समिति गठनसँगै वडा नम्बर ९ मा टोल सुधार समितिको संख्या सात पुगेको छ ।
वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले समितिलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै उद्देश्य अनुसार काम गरेर नगरमा नमुना वडा बनाउन आग्रह गरे । ‘टोल सुधार समितिहरु भनेको वडाको पखेटा हुन् । समितिले समाजिक हितका लागि धेरै कामहरु गर्ने छ भन्ने विश्वास लिएको छु’ उनले भने, ‘वडा विकासमा सबै हातेमालो आवश्यक छ र सबै एकसाथ अगाडी बढे हाम्रो वडा नगरमै नमुना वडा बन्नेछ ।’
Advertisement

Advertisement
Advertisement

अर्जुन भुसालको अध्यक्षतमा सिद्धार्थ टोल सुधार समितिको तदर्थ समिति गठन भएको हो । जसको उपाध्यक्षमा सरस्वती नेपाल, सचिव चन्द्र बहादुर भण्डारी, कोषाध्यक्ष घनश्याम भुसाल, सह–सचिव लक्ष्मी ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गंगा पाण्डे, केशव तिवारी, गोपाल गौतम, राम प्रसाद पाण्डे, नारायण शर्मा, श्यामराज कुर्मी, बाबुराम खनाल र नारायण खनाल रहेका छन् । यस्तै खडानन्द अर्याल, विजय नेपाल, माया तुलाधर, जय नारायण श्रेष्ठ, केशबहादुर विक, रविन्द्र काफ्ले र बालकृष्ण देवकोटा सल्लाहकारमा चयन भएका छन् ।
वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा वडा सदस्य बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव अब्दुल रसिद पठानले गरेका थिए ।

