
भैरहवा, १५ असार । रुपन्देहीको भैरहवामा ‘भैरहवा युथ क्लब’ स्थापना हुने भएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत समाजिक कार्य गर्ने उद्देश्यले भैरहवाका युवाहरुले भैरहवा युथ क्लब स्थापना गर्न लागेका हुन् ।
शुक्रवार भैरहवामा बसेको बैठकले प्रवेश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्षमा शिव बस्याल, सचिवमा विक्रम ज्ञवाली, कोषाध्यक्षमा आकाश पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ति आले, पूजा क्षेत्री, दिवस वि.क, मनिष तिवारी, सुदिप पाण्डे, उमर बादशाह खान र रोशन गुप्ता रहेका छन् । यस्तै टिका जी.सी, दीपक पाण्डे, राजाप्रताप शाही, बासु प्रधान र कृष्ण विश्वकर्मा सल्लाहकारमा चयन भएका छन् ।
Advertisement

Advertisement
Advertisement

‘समाजमा देखिएका विकृती, विसंगती विरुद्ध, समाजको विकास लगायतका लागि योगदान पुर्याउनुपर्छ भन्ने उद्देश्यले हामी युवाहरु एकजुट भएर अघि बढ्ने प्रयास गरेका छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी युवाहरुको एकल प्रयासले मात्र समाज परिवर्तन वा समाजको विकास हुदैन । तसर्थ सामाजिक कार्यमा सबैको साथ र सहयोगको आवश्यकता छ ।’


