


भैरहवा, १६ असार । प्रदेशस्तरीय स्नुकर प्रतियोगिताका विजेता सहितका खेलाडीलाई भैरहवामा सम्मान गरिएको छ । वान ब्लेक विल्लियर्डसद्धारा एक कार्यक्रमको आयोजना गरेर सिद्धार्थनगर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भई प्रथम भएका र सहभागी खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रतियोगिताका विजेता शिशिर गुरुङ, राईजिङ खेलाडीको उपाधी पाएका रितेश चौधरी, अर्जुन थापा र प्रकाश कोइरालालाई सम्मान गरिएको वान ब्लेक विल्लियर्डसका संचालक सुमित भण्डारीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले खेलको माध्यमले प्रदेशस्तरीय प्रतियोगितामा सिद्धार्थनगरको नाम उच्च राख्न सफल भएकोमा खेलाडीहरुलाई बधाई दिदै खेल क्षेत्रको समृद्धिका लागि आफुहरु लागेको र लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले अन्य क्षेत्रको साथै खेलको माध्यमले पनि वडा, नगर, मुलुकलाई विश्वमा चिनाउन सकिने भएकोले युवाहरुलाई खेल/प्रतियोगिताहरुमा सहभागिता जनाउन आग्रह गरे ।

वान ब्लेक विल्लियर्डसका संचालक सुमित भण्डारीले विजेता र सहभागी खेलाडीहरुलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरे । संचालक भण्डारीको अध्यक्षता, सिद्धार्थनगर वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङको प्रमुख अतिथ्यिता, वडा नम्बर १२ का वडा सदस्य समेत रहेका समिर थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य इशान भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

