
भैरहवा, १८ असार । नेपाली काँग्रेस र नेकपा एमालेवीच सत्ता साझेदारी गर्ने सहमति भएको छ। नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेसँगै एमाले र काँग्रेसबीच नयाँ सरकार बनाउने सहमती भएको हो । यद्यपि समझदारी (सहमती) पत्र सार्वजनिक भएको छैन । काँग्रेस र एमालेबीचको सहमतीले आलोपालो गरेर पहिलो चरणमा एमालेले र दोस्रो चरणमा काँग्रेसले नेतृत्व गर्ने बताइएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र काँग्रेस गृहसहिच १० वटा मन्त्रालय बाँडफाँड गरी लिनेछन् ।
दुबै दल नयाँ सत्ता साझेदार बन्न तयार भएसंग आवश्यक कानुनी परामर्शमा समेत जुटेका छन् । राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बिषयमा छलफल भएको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डा) संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ । राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् ।
Advertisement

Advertisement
Advertisement

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न सत्ता साझेदार दल रास्वपालेले सचिवालय बैठक बोलाएको छ । त्यस्तै काँग्रेससगँ सत्ता समिकरण लगायत विषयमा छलफल गर्नका लागि नेकपा एमालेले पनि दिउँसो ३ बजे सचिवालयको बैठक र काँग्रेसले शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारीको बैठक डाँकेको छ । काँग्रेस र एमालेबीच भएको समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले दस्तखत गर्ने तयारी छ ।

