
रौतहट, १९ असार । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । गौर-चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले लागुऔषध सहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षीय रोशन कुमार र १८ वर्षीय अमित कुमार रहेका छन् । उनीहरुको साथबाट करिब ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले बताए ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका दुवै जनालाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

