Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रोहिणीमा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुका लागि कष्टमाईज्ड तालिम
    प्रमुख समाचार

    रोहिणीमा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुका लागि कष्टमाईज्ड तालिम

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार २०, बिहीबार ११:४१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० असार । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार १८ गतेसम्म रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो । तालिममा ४५ जनाको सहभागीता रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिए ।

    तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन । अभिभावकलाई पनि जागरुक बनाउनुपर्छ । शिक्षा क्षेत्रमा अझ राम्रो काम गर्नुपर्छ ।’ गाउँ शिक्षा समितिका संयोजक समेत रहेका यादवले रोहिणीमा शिक्षा क्षेत्रलाई अझ अगाडी बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले वडा कार्यालयहरुले पनि विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षामा लगानी गर्न गाउँपालिका पछाडी नहट्ने बताइन् । उनले गाउँपालिकाले शिक्षाको विकासमा जोड दिदै आएको बताइन् । त्यस्तै रोहिणी–१ का वडाअध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक आविद अली पठानले तालिम आयोजना गर्नु सराहनीय कार्य रहेको बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले रुपन्देहीका विभिन्न नमूना विद्यालयका प्रधानाध्यापकहरुले तालिमको सहजीकरण गर्नुभएको बताए । उनले भने, ‘विकास शिक्षाबाट हुन्छ भने शिक्षामा लगानी गर्नुपर्छ । गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ । अभिभावक सचेत नभएसम्म हुँदैन ।’ उनले हरेक वडाले कम्तीमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्ने बताए । समाजसेवी हरिद्वार हरिजनले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गाउँ शिक्षा समिति सदस्य धनेश्वर कंवरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको अवस्था हेरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

    छिपागढ माविका प्रधानाध्यापक इन्द्र कुमार यादवले तालिम आयोजना गरेको भन्दै गाउँपालिका टीम र प्रशिक्षकहरुलाई धन्यवाद दिए । उनले भने, ‘आगामी शैक्षिक सत्रमा राम्रो नतिजा आउने पूर्ण विश्वास दिलाउन चाहन्छु ।’ मदरसा बैरिहवाका प्रधानाध्यापक मैनुद्दीन फकिरले मदरसाका विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्नुपर्ने र यसले राम्रो सन्देश जाने बताए । उनले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

    श्री जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी जि.सी.ले १० दिने तालिम महत्वपूर्ण रहेको बताइन् । प्रधानाध्यापकहरुसँगै अब शिक्षकहरुका लागि पनि यस्तो तालिम सञ्चालन गनुपर्ने उनले बताइन् । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रोहिणी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.