
भैरहवा, २१ असार । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ । प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरी बलले शुक्रवार जारी गरेको सूचना अनुसार संगठनमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह, लेखा उपसमूह र प्राविधिक समूह (संचार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएकोले दरखास्त आह्वान गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

सशस्त्रले कानुन उपसमूहतर्फका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, विभिन्न प्राविधिकतर्फ प्रहरी निरीक्षक ११ जना माग गरेको छ । आगामी साउन २० गतेसम्म र दोब्बर दस्तुर बुझाएर साउन २१ गते देखि साउन २७ गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
हेर्नुहोस् सूचना :



