
भैरहवा, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले पनि शुक्रवार राजीनामा बुझाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री बनेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीपकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्य राज्यमन्त्री हसिना खानले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा दिएका हुन् ।
Advertisement

Advertisement
Advertisement

शुक्रवार बसेको अशोक राई नेतृत्वको जसपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने सहमती गरेसँगै जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।


