
धनगढी, २१ असार । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेेबसाइट ह्याक भएको छ ।शुक्रबार कार्यालयको वेबसाइट ह्याक भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले पुष्टि गरे ।
उनले वेबसाइट ह्याक भएको थाहा भएपश्चात संचार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागको सहयोगमा रिकभर गर्ने कार्य भईरहेको बताए । कार्यालयको वेबसाइट ह्याक गरेर ह्याकरद्वारा ‘ह्याक्ड बाई क्यापटेन स्मोकथ्रीआर…’ लेखिएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

