
भैरहवा, २३ असार । भैरहवाका युवा समूहहरुको ‘भैरहवा युथ क्लब’ सामाजिक विकासका लागि आफ्नो पाइलाहरु अघि बढाएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गर्न लागिएको क्लबको बैठक सम्पन्न भएको छ ।
भैरहवा स्थित मिड टाउन पार्टी प्यालेसमा प्रवेश श्रेष्ठको अध्यक्षतामा बसेको विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले क्लबका लागि आवश्यक विधान लेखन लगायत दर्ता प्रक्रिया टुग्ंयाउनका लागि अध्यक्ष श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा उपाध्यक्ष शिव बस्याल, कोषाध्यक्ष आकाश पौडेल र सचिव विक्रम ज्ञवाली रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै सामाजिक विकास कार्य लगायतका लागि आवद्ध सबै सदस्यले हप्तामा एक सय रुपैयाँ क्लबलाई प्रदान गर्ने निर्णय भएको क्लबका सचिव विक्रम ज्ञवालीले जानकारी दिए । क्लबले सामाजिक कार्यहरु गर्नका लागि कार्ययोजना बनाइरहेको र आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरेपश्चात क्लबले विभिन्न कार्यहरुको सुरुवात गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

