
भैरहवा, २६ असार । जनमत पार्टीले केन्द्रीय सचिव सहित सात जनालाई निलम्बन कारवाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नीति, निर्देशन र विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले केन्द्रीय सचिव वीपी साह सहित सात जनालाई निलम्बन कारवाही गरेको हो ।
पार्टीको केन्द्रीय अनुशासनको समितिले कुनै पनि कामकाजमा सहभागी नहुने सात जनालाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको केन्द्रीय अनुसशान विभागको सदस्य सचिव अनिता कुमारी मण्डलद्धारा जारी सूचनामा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

पार्टीले केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका विधार्थी जनमत संघका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती निलम्बन गरेको छ । त्यस्तै वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगर सचिव दिपनारायण यादवलाई पनि निलम्बन कारवाहीमा परेका छन् । व्यवहारमा सुधार देखाए कारवाही फुकुवा गरिने र नदेखाए थप कारवाही समेत हुने जारी सूचना मार्फत पार्टीले उनीहरुलाई चेतावनी दिएको छ ।


