
भैरहवा, २६ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
साथै, असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत समेत नदिने निर्णय भएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। प्रतिनिधि सभामा पार्टीको चार सांसद छन् । बैठकमा रञ्जिता श्रेष्ठ बाहेक अन्य तीन सांसद सहभागी थिए ।
Advertisement

Advertisement
Advertisement

समर्थन फिर्ता लिने र विश्वासको मत नदिने निर्णय भएकोले नाउपा पनि नयाँ गठबन्धनको सरकारमा सहभागी हुने निश्चित छ । त्यसो त पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने बताइसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

