
नवलपरासी, ३० असार । पश्चिम नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-८ गंगापुरको ३२ वर्षीया रुना पालको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा बिहान करिब चारबजे उनलाई सर्पले टोकेपछि बेहोस भएकी थिइन् । सर्पले टोकेपछि उपचारका लागि सर्पदंश त्रिवेणी क्याम्प हुदै जिल्ला अस्पताल परासीमा ल्याउँदा चिक्तिसकले बिहान करिब ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

