
काठमाण्डौँ, ३१ असार । नेपाली काँग्रेसले नयाँ मन्त्रिपरिषद्का लागि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । निकै रडाको बीच पार्टीले प्रकाशमान सिंहको नेतृत्वमा दश मन्त्री केपी ओली सरकारमा पठाउने भएको छ । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएपनि पार्टी सभापति शेरबहादुर देउवाले तीन मन्त्रालयमात्र दिने बताएपछि उक्त समूहले बद्री पाण्डे, प्रदीप पौडयाल र रामनाथ अधिकारीका नाम दिएका हुन् ।
हेर्नुहोस् कसलाई कुन मन्त्रालय ?
Advertisement

Advertisement
Advertisement

१. प्रकाशमान सिंह- उप प्रधानमन्त्री, शहरी विकास मन्त्रालय
२. रमेश लेखक- गृह मन्त्रालय
३. आरजु राणा- परराष्ट्र मन्त्रालय
४. दीपक खड्का- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
५. बद्री पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
६. प्रदीप पौडयाल- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७. तेजुलाल चौधरी- युवा तथा खेलकुद मन्त्रालय
८. रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९. अजय चौरसिया- कानून न्याय तथा संसदीय मामिला मन्त्रालय
१०.ऐनबहादुर शाही- वन तथा वातावरण मन्त्रालय

