
काठमाण्डौँ, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरित नेपालको प्रधानमन्त्री नियुक्त गरेको दावी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भएको र साउन ६ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यस अघि धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘उपधारा (२) अनुसार बनेको बहुमतको सरकारले विश्वासको मत पाउन सकेन भने उपधारा ३ अनुसार ठूलो दलका नेता प्रधानमन्त्री हुने हो,’ दायर गरिएको रिटमा भनिएको छ, ‘अब राष्ट्रपतिले ७६ (३) अनुसार सरकार गठन गर्न संसद्मा सबैभन्दा बढी सांसद संख्या भएको, दललाई मात्र सरकार गठनका लागि आह्वान गर्नु पर्नेमा संवैधानिक व्यवस्थाविपरित विपरित उपधारा (२) अनुसारको सरकार गठनको अव्हान गर्ने गर्नु भएको निर्णय सोको आधारमा जारी पत्र, नियुक्ति र सपथ समेत यससँग सम्बन्धित सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा ७६ (३) बमोजिम सरकार गठनको लागी आव्हान गर्नु गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी गरी पाउँ,’ रिटमा भनिएको छ।

