Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ : दुर्घटना न्यूनिकरण गर्न ३१ हजार चालकलाई शिक्षा
    प्रमुख समाचार

    रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ : दुर्घटना न्यूनिकरण गर्न ३१ हजार चालकलाई शिक्षा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण ३, बिहीबार १३:१५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ साउन । रुपन्देही जिल्लामा ‘मेरो सवारी, मेरो लेन’ अभियान अन्र्तगत ३१ हजार बढी सवारी चालकहरुलाई सचेतना शिक्षा प्रदान गरिएको छ । चालकहरुबाट लेन अनुशासन पालना नहुदाँ सवारी दुर्घटना हुने गरेको छ । सोही विषयलाई मध्यनजर गर्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न, लेन अनुशासन पालनलाई प्रभावकारी बनाउन लगायत उद्देश्यसहित गत असार २६ गतेबाट जिल्लामा साताव्यापी अभियान चलाइएको थियो । जसअन्र्तगत ठूला सवारी साधनका ११ हजार ६१२ र साना सवारी साधनका १९ हजार ५८३ जना गरी कुल ३१ हजार एक सय ९५ जना चालकहरुलाई लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा जिल्लामा अभियान संचालन गरिएको थियो । ‘यो अवधिमा हामीले साँझ–बिहान दुई–दुई घण्टा जिल्लाका मुख्य सहरी इलाका, राजमार्ग, हुलाकी सडक लगायत स्थानमा सचेतना शिक्षा संचालन गरेका थियौं । चालकलाई लेन अनुशासनबारे धेरै कुरा जानकारी भएको हाम्रो अपेक्षा छ’, उनले भने, ‘आगामी दिनहरुमा लेन उल्लंघनकै कारण हुने दुर्घटनामा कमी आउने विश्वास लिएका छौं ।’ ट्राफिक प्रहरीसँगै भैरहवा क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक तथा व्यवसायिक संघसंस्थाले अभियानमा स्वयंसेवकको रुपमा सडकमा खटिएर सहयोग गरेका थिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रहरीका अनुसार ट्राफिक सचेतनासम्बन्धी ६ हजार पर्चा बाँडिएको छ भने ५ हजार सवारीमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्किर टाँसिएको छ । यस्तै, लेन अनुशासन पालना गर्ने २ सय सवारी चालकलाई सवारीको चावी राख्ने किरिङ दिइएको छ । ‘अनुशासनमा रहेर सवारी चलाउँदा सुरक्षित भइन्छ र सम्मान पनि पाइन्छ भन्ने हेतुले किरिङ उपहार दिएका हौं’, विष्टले भने । उनले अभियानले लेन अनुशासन पालना गर्नेहरु बढेको जनाए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले अभियान निकै प्रभावकारी भएको पाइएको लेन उल्लंघनका घटना शुन्य नहुँदासम्म अभियानलाई निरन्तरता दिने बताए । ‘धेरैजना अभियानबाट लाभान्वित हुनुभयो’, उनले भने, ‘लेनाबारे थाहा नभएकाले जानकारी पाउनुभयो, थाहा पाएर पनि उल्लंघन गर्नेले उल्लंघन गर्नुहुँदैन भन्ने शिक्षा पाउनुभयो । यसैले पनि कार्यक्रम फलदायी भयो ।’ उनले लेन उल्लंघन गर्ने अवस्था कहालीलाग्दो भएको जनाउँदै सचेत नभए मानवीय क्षतिलाई बढवा दिने जनाए ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले लेन अनुशासन उल्लंघनले धेरै दुर्घटना र मानवीय क्षति हुने गरेको जनाउँदै त्यसलाई रोक्न सचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने जनाए । ‘हामीले सचेतना अभियान पटकपटक गर्दै आइरहेका छौं तर चालक र सडक प्रयोगकर्ता जबसम्म सचेत हुँदैनन्, अभियानले सार्थकता पाउँदैन’, उनले भने, ‘यसका लागि सबैले साथसहयोग र लेन अनुशासनमा ध्यान दिन जरुरी छ ।’ उनले अभियानका क्रममा लेन अनुशासन पालना नगर्नेलाई सम्झाईबुझाई गरेको तर अब भने सचेतनासँगै कारबाही पनि गरिने जनाए ।

    पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले लेन अनुशासन सचेतनासम्बन्धी अभियानले धेरैजना लाभान्वित भएको जनाए । ‘यसबाट सबैभन्दा बढी खुशी हामी व्यवसायी छौं’, उनले भने, ‘चालकले लेन पालना नगर्दा दुर्घटना हुन्छ, क्षति बढीमात्रामा हामी व्यवसायीले भोग्छौं । त्यसैले यो अभियान महत्वपूर्ण रह्यो । यसलाई निरन्तरता गर्नुपर्छ ।’

    लुम्बिनी ट्रक यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतमले ट्राफिक सचेतना अभियान निरन्तर गर्नुपर्ने बताए । ‘एकहप्ताको अभियानले साँच्चिकै नसोचेको सफलता पायो’, उनले भने, ‘यस्ता अभियान हामीले निरन्तर गर्न सक्यौं भने दुर्घटना न्युनिकरणमा सहयोग त पुग्छ नै सबै सडक प्रयोगकर्ता अनुशासित र सचेत हुन्छन् ।’ उनले साँझबिहान आफूहरु पनि सडकमा खट्दा ट्राफिक प्रहरी, चालक, सडक प्रयोगकर्ताका समस्या सबै प्रत्यक्ष बुझ्न र भोग्न पाएको जनाए । उनले संघका तर्फबाट आगामी दिनमा हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रममा सहकार्यलाई निरन्तर गर्ने बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ट्राफिक प्रहरी ट्राफिक सचेतना
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.