
भैरहवा, ३ साउन । रुपन्देही प्रहरीले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले चोरी/अन्य मुद्दामा फरार रहेका कंचन गाउँपालिका–२ का किरबहादुर मगर र लुटपिट मुद्दामा फरार सोही गाउँपालिका–५ का सुनरकली थारुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रुपन्देही जिल्ला अदालतले ०४६ चैत ९ गते चोरी/अन्य मुद्दामा तीन हजार ६ सय ४५ रुपैयाँ जरिवाना सजाए फैसला गरेको थियो भने ०७१ फागुन १० गते लुटपिट मुद्दामा थारुलाई १२ हजार ६ सय जरिवाना सजाएको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका दुवै जनालाई पक्राउ गरी सजाए भुक्तानको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement


