
चितवन, ६ साउन । चितवनको सिमलताल क्षेत्र स्थित त्रिशूली नदीमा खसेको बस र यात्रुहरुको भारतीय टोलीले खोजीकार्य सुरु गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) का डिसी कुणाल तिवारीको नेतृत्वमा १२ सदस्यीय भारतीय टोलीले आइतबार बिहानदेखि खोजीकार्य सुरु गरेको हो ।
भैरहवा नाका हुदै चितवन पुगेको उद्दार टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयसगँ घटना विवरणबारे जानकारी लिएको थियो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ र काठमाडौंबाट गौरतर्फ गइरहेकोबस सिमलताल स्थित पहिरोमा परेर नदीमा खसेको थियो ।
Advertisement

Advertisement
Advertisement

दुवै बसमा सवार ६५ जनामध्ये तीन जना बाँच्न सफल भएका थिए र ६२ जना बेपत्ता भएका थिए । गत शनिबारसम्म विभिन्न स्थानमा २५ जनाको शव फेला परेको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र बस फेला नपरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

