
भैरहवा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा र एकीकृत समाजवादी भने विश्वासको मतको विपक्षमा उभिने भएका छन् । एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न १३८ सांसदको समर्थन पाउनुपर्छ।
Advertisement

Advertisement
Advertisement


