
भैरहवा, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठमा महाराले विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रमा काँग्रेस-एमाले सहितको गठबन्धन सरकार बनेसँगै लुम्बिनी सरकारलाई एमालले दिएको समर्थन फिर्ता लिएपछि महार सरकार अल्पमतमा परेको थियो । एमाले लगायतले महरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर, अल्पमतमै सरकार चलाएका उनले संसद फेस गर्ने निर्णय लिएपछि आइतबार बैठक डाँकिएको हो । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची छ ।
Advertisement

Advertisement
Advertisement

कांग्रेस एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् । दुई दलका कुल ५६ सांसद रहेकाले महराले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

