
भैरहवा, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । केन्द्रमा नेपाली काँग्रेस–नेकपा एमाले सहितको गठबन्धन सरकार गठनपश्चात लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि महरा सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री महराले आज आइतबार विश्वासको मत लिने कार्यसूची तय गरी प्रदेश सभा बैठक डाँकिएको थियो । तर, बैठकमा महराले विश्वासको मत नपुग्ने नै देखेपछि सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
महराले राजीनामा दिएपश्चात काँग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी सुरु गरेका छन् । काँग्रेस-एमालेबीच भएको सहमती अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ सांसद गरी ५६ सांसद रहेकोले दुवै दलले सहजै नयाँ सरकार बनाउन देखिएको छ ।
Advertisement

Advertisement
Advertisement


