
भैरहवा, ६ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि देश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
उनले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि साउन ७ गते सोमबार साँझ ६ः३० बजेभित्र दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनले दावी गर्ने तयारी गरेका छन् । नेकपा एमाले को नेतृत्वमा नयाँ सरकार बनाउने दुई दलले आइतबार संयुक्त बैठक बसेर निर्णय गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले मुख्यमन्त्रीका लागि सोमबार दावी पेश गर्ने बताए ।८७ सदस्यीय लुम्बिनीमा सरकारका बनाउनका लागि ४४ सांसद भए पुग्छ । एमालेका २९ र काँग्रेसका २७ सांसद गरी ५६ सांसद छन् ।


