
काठमाण्डौँ, ६ साउन । नेपाल प्रहरीमा एक हजार सात सय एक जनालाई विभागीय कारवाही गरिएको छ । जसमा तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) समेत छन् । आइतबार नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पदानबारे जानकारी दिदै एक हजार सात सय एक जनालाई विभागिय कारवाही गरिएको जनाएको छ । नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचारणविरुद्ध काम गर्नेलाई कारवाही गर्दै आएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसारअनुसार १७ सय १ जना मध्ये सबैभन्दा बढी ७६४ जना प्रहरी जवान, ३३८ जना सहायक हवल्दार, २८२ जना हवल्दार, ६७ जना वरिष्ठ हवल्दार र ११८ जना प्रहरी सहायक निरीक्षक (असई) लाई कारवाही गरिएको छ । त्यस्तै ४८ जना प्रहरी नायब निरीक्षक (सई), १६ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), २६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), ११ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र एक जना प्रहरी उपरीक्षक (एसपी), तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) समेत कारवाहीमा परेका छन् ।
Advertisement

Advertisement
Advertisement

प्रहरी नियमावलीमा सामान्य र विशेष गरेर दुई किसिमको कारबाहीको व्यवस्था छ । सामान्य अनुसार शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, अधिकतम ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने लगायत छन् । विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र नठहरिने गरी बर्खास्त गर्नेसम्मको व्यवस्था छ ।
यस्तै पछिल्लो एक वर्षमा ३ जना एआईजी, १० जना डीआईजी, ३९ जना एसएसपी, ७९ जना एसपी, २२६ जना डिएसपी, ५८५ जना इन्सपेक्टर पुरस्कृत भएका छन् । त्यस्तै ३९३ प्रहरी वरिष्ठ सई, ६२३ जना सई, एक हजार एक सय ८९ जना असई, ५२२ जना वरिष्ठ हवल्दार, एक हजार १ सय ९४ जना हवल्दार, एक हजार ५ सय ७६ सहायक हवल्दार, २ हजार १ सय ३९ जना प्रहरी जवान र २ सय ५६ जना कार्यालय सहयोगी गरी ८ हजार ८ सय ३४ जना पुरस्कृत भएको प्रहरीले जनाएको छ ।

