
सर्लाही, ७ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो ।
घटनाको अनुसन्धानका लागि रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए । सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए ।
Advertisement

Advertisement
Advertisement

रायको घर मलंगवा नगरपालिका-४ भएपनि उनी रतनपुरमा आउजाउ गरिरहन्थे । रायको हत्यामा संग्लनहरुको पहिचान भएको छैन । शवको पोस्टमार्टमका लागि मलंगवा पठाइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

